विद्युत विकास विभागको महानिर्देशकमा जिवछ मण्डल नियुक्त भएका छन् । उर्जा मन्त्री दीपक खड्काले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिव मण्डललाई विभागको महानिर्देशक बनाएका हुन् । विभागको महानिर्देशक रहेका नविन राज सिंह भने मन्त्रालय तानिएका छन् ।
मण्डल भने यस अघि नियमित सीइओ नआउँदासम्मको लागि बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओ थिए । कम्पनीको सीइओमा अरुण रजौरिया नियुक्त भएका छन् । त्यसपछि उर्जा मन्त्रीले मण्डललाई मन्त्रालय तानेर विभागको महानिर्देशकको रुपमा पठाएका हुन् ।
मण्डल यस अघि पनि २०८० माघ देखि २०८१ साउनसम्म गरि कुल ६ महिनाको लागि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । अहिले दोस्रो पटक उनले विभागको महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।









