Thursday, July 9, 2026
spot_img

साहस उर्जाको सहायक कम्पनीले बनाउने बुढीगण्डकीमा १० बैंकको ५२ अर्ब लगानी, कुनको कति?

spot_img

निजी क्षेत्रले बनाउने अहिलेसम्म कै ठूलो हाइड्रोमा आज लगानी सम्झौता भएको छ। साहस उर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा आज लगानी सम्झौता भएको हो। यो आयोजना निजी क्षेत्रबाट सञ्चालित हुने सबैभन्दा ठूलो परियोजना हो ।

नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, उर्जा मन्त्री दीपक खड्का लगायतको उपस्थितिमा आज लगानी सम्झौता भएको हो। कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने गरि सम्झौता भएको हो। वित्तीय व्यवस्थापनको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिड बैंक रहेको छ भने सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्।

अध्यक्ष पाठकका अनुसार आयोजनामा बैंक तथा वित्तीय संस्थाले कुल ५२ अर्ब ५० करोड लगानी गर्ने छन्।  आयोजनाको कुल लागत रु ७० अर्ब रहेको छ। जसमा बैंकहरुले ७५ प्रतिशतले हुन आउने ५२ अर्ब ५० करोड लगानी गर्ने भएका हुन् ।

जस अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंकले ८ अर्ब, लक्ष्मी बैंकले ८ अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, एचआईडिसीएलले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, निफ्राले ३ अर्ब, सिटिजन्स बैंकले ३ अर्ब , प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गर्ने गरि आज सम्झौता भएको हो।

बाँकि २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड स्वपुँजी लगानी रहने छ । जसमा साहस उर्जाले ५१ प्रतिशत अर्थात् ८ अर्ब ९२ करोड लगानी गर्ने छ । साहस उर्जाका लगानीकर्ताले १० करोडसम्म संस्थापक शेयर लगानी गर्न पाउने गरि कम्पनीले संस्थापक शेयर पनि जुटाएको थियो।

यो आयोजना  गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने छ । यस आयोजनाको बाँध सल्लेरीमा निर्माण हुने छ भने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन हुनेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । यो प्रसारणलाइन एमसीसी अन्तर्गत निर्माण भईरहेको छ । आयोजना २०८७ सम्म सम्पन्न गर्ने लक्ष्य छ।

साहस उर्जाले दिपक मलहोत्रा समूहसँग यो आयोजनाको लाईसेन्स खरिद गरेको हो । साहस उर्जाले यसै आयोजनामा लगानी गर्न शतप्रतिशत हकप्रद समेत निष्काशन गर्दै छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img