Friday, April 10, 2026
spot_img
spot_img

नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण गर्दै तनहुँ हाइड्रो

spot_img
spot_img
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।
आयोजनाका अनुसार मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने , “बाँध निर्माणको क्रममा मास कङ्क्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलन गरेर काम गर्ने गरिएको छ ।”
प्रमुख भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको हो ।  उनले भने, “अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिएको छ, अबको दुई वर्षभित्र क्रङ्क्रिट राख्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ  ।”
प्याकेज–१ अन्र्तगत बाँध निर्माण र सेती नदी ‘डाइभर्सन’को काम पूरा गरी बाँधमा कङ्क्रिट राख्ने कार्य भइरहेको सो आयोजनाले जनाएको छ । प्याकेज–१ को ४२ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ  ।
प्याकेज–१ को निर्माण सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । यस प्याकेजअन्तर्गत रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र दुई ठूला डाइभर्सन टनेल खन्ने कार्य सकिएका कारण भौतिक प्रगति बढेको हो ।
तीनवटा प्याकेजमा निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भइसकेको सो आयोजनाले जनाएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
यसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनाबाट विद्युत् उत्पादन सुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको आयोजना प्रमुख भण्डारीले बताए।
त्यसैगरी, प्याकेज–२ अन्तर्गत योजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका संरचना निर्माण गरिएको छ । यस योजनाको निर्माणको जिम्मा सिनो हाइड्रो कर्पोरेसन चीनले पाएको छ ।
त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...
spot_img