Friday, April 10, 2026
spot_img
spot_img

कर्णाली प्रदेशका ४ जलविद्यूत आयोजना, जसले ल्याउनेछ अवसर नै अवसर 

spot_img
spot_img

कर्णाली प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत् आयोजनाहरु सञ्चालनमा छैनन्। तर प्रदेशमा यस्ता केही ठूला जलविद्युत आयोजना प्रस्ताव गरिएका छन्, जुन निर्माण सम्पन्न भएमा प्रदेश कै मुहार फेर्न सक्छ ।

 १. नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत्आयोजना

नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत्(४१७ मे.वा) आयोजना नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट
जिल्ला स्थित नलगाड नदीमा अवस्थित छ । यस आयोजनाको निर्माण तथा सञ्चालक नलगाड हाइड्रोपावर कम्पनी
लिमिटेड रहेको छ जुन विद्युत्उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा सन् २०१७ मा स्थापित भएको
थियो । हाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन  प्रतिवेदन पेश गरिने चरणमा छ । प्रस्तावित
आयोजनाले नलगाड नगरपालिकाको वडा नम्बर २, ५, ७, ८, र बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५, ६,
७, ८ र ९ लाई प्रभाव पार्नेछ । यस आयोजना निर्माण सम्पन्न हुन ७ बर्ष ५ महिना लाग्ने अनुमान गरिएको छ भने
आयोजनाको अधिकृत पूँजी रु १ अर्ब र जारी पूँजी रु ५० करोड रहेको छ ।

यस आयोजनाले निर्माण चरणकोअवस्थामा स्थानीय स्तरमा रोजगारीका अवसरहरुको सिर्जना, स्थानीय बासिन्दाहरुको
दक्षता तथा क्षमतामा वृद्धि, स्थानीय स्तरमा उत्पादन हुने सामानहरुको लागि बजार÷व्यवसायहरुको अवसर सिर्जना
तथा राजस्वमा वृद्धि हुने अनुमान गरेको छ भने संचालन चरणमा उर्जाको उत्पादन, ग्रामीण विद्युतिकरणका अवसरहरु,
ग्रामीण अर्थतन्त्रमा सुधार, स्थानीय पर्यटन विकासका अवसरहरु तथा शेयर लगानीमा अवसर हुनेछ ।

२. माथिल्लो कर्णाली जलविद्युत्आयोजना

माथिल्लो कर्णाली जलविद्युत् आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत् आयोजना
हो । यो आयोजना दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको
केहि भाग समेत पर्दछ । यो आयोजनाको विद्युत्उत्पादन क्षमता ९०० मेगावाट रहेको छ । यो आयोजना
निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतिय कम्पनी जिएमआर लाई दिएको छ । यस आयोजनाबाट उत्पादन
हुने अधिकांश बिजुली बंगलादेश (५०० मेगावाट) र भारत (२९२ मेगावाट) दुवैतर्फ ४०० केभी डबल सर्किट
प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ बाँकी रहेको १०८ मेगावाट नेपाल सरकारले प्राप्त गर्ने
छ ।

लामो समय देखि यो आयोजनाको कार्य गर्ने भनिएपनि उत्पादनको जिम्मा पाएको कम्पनीले कार्य गर्न नसकी
पटकपटक म्याद थपिदै आएको छ । नेपालको ठुलो आयोजना मध्येको यस आयोजना समयमै सम्पन्न भएमा
देशमा आवश्यक विद्युत्को परिपूर्ति हुनुको साथै ठुलो मात्रामा विद्युत्निर्यातको सम्भावना रहेको छ । भारत
र बंगलादेशमा विद्युत्आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत्उत्पादन गर्न सके यसले
नेपालको विकासको लागि बहुआयामिक महत्व राख्दछ ।

३. बेतन कर्णाली जलविद्युत्आयोजना

४३९ मेगावाट विद्युत्क्षमताको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत्आयोजना हो । जुन कर्णाली प्रदेश
सर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम
प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५
को क्षेत्र भित्र अवस्थित छ ।

जलविद्युतको उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युत्लाई
प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ । साथै रोजगारी सिर्जना हुन गई स्थानीय
जनताहरु लाभान्वित हुने देखिन्छ । यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युत्को आन्तरिक माग
परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस
आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

४. फुकोट कर्णाली जलविद्युत्आयोजना

प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना भारतीय सरकारी
कम्पनीले लगानी गर्ने सम्झौता भएको छ । यस आयोजनाको विद्युत्उत्पादन क्षमता ४८० मेगावाट रहेको
छ ।

नेपालको तर्फबाट विद्युत् उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त
उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको निर्माण गर्ने गरी सम्झौता भएको छ ।

एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली
आयोजना बनाउने तयारी छ ।

यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र
खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ ।

जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने
विद्युत्लाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ । साथै रोजगारी सिर्जना हुन गई
स्थानीय जनताहरु लाभान्वित हुने छन्। यो आयोजना निर्माण भई सञ्चालन भएमा विद्युत्को आन्तरिक माग
परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस
आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...
spot_img