Thursday, July 9, 2026
spot_img

वाणिज्य विभागले थप ३ कन्सल्टेन्सीलाई जरिवाना तिरायो

spot_img

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले थप ३ वटा कन्सल्टेन्सीलाई नगद जरिवाना तिराएको छ । सोमबार ५ वटा कन्सल्टेन्सीलाई नगद जरिवाना तोकेको विभागले मंगलबार थप ३ कन्सल्टेन्सीलाई जरिवाना तोकेको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा रहेको स्टडी हक ग्लोबल प्रा.लि. लाई विभागले ६० हजार जरिवाना तोकेको छ । साथै, व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र उपस्थित हुन पनि निर्देशन दिएको छ ।

यस्तै, मध्यपूर नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन एजुकेशन ग्रुप सर्भिसलाई पनि विभागले ५१ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

काठमाडौँ महानगरपालिका १४ मा रहेको प्रिज्म इन्टरनेशनल ल्याङ्वेज प्रा.लि.लाई पनि विभागले ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

पछिल्लो समय विभागले कन्सल्टेन्सी लक्षित अनुगमन चलाइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...
spot_img