Friday, August 28, 2026
spot_img
spot_img

सौर्य एयरसहित मुस्ताङ र अन्नपूर्ण हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

spot_img

१५ दिनमा दुई दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले केही एयरलाइन्स कम्पनीलाई उडानमा प्रतिबन्ध लगाएको छ । क्यानले सुरक्षा व्यवस्थापन प्रणाली परिपालना नगरको भन्दै सौर्य एयरलाइन्ससहित मुस्ताङ र अन्नपूर्ण हेलिकप्टरलाई उडानमा रोक लगाएको हो ।

प्राधिकरणले मुस्ताङ र अन्नपूर्ण हेलिकप्टर कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको छ । अन्नपूर्णसँग एउटा हेलिकप्टर छ भने मुस्ताङसँग दुईवटा हेलिकप्टर छन् । मुस्ताङ एक वर्षदेखि ग्राउण्डेड छ ।

प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी पनि निलम्बन गरेको छ । काठमाडौँबाट ‘सीचेक’का लागि पोखरा लैजाँदै गर्दा सौर्यको जहाज काठमाडौँ विमानस्थलभित्रै दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सस्तियो सुन, कति छ भाउ ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...