Friday, July 10, 2026
spot_img

क्यानका हाकिमलाई हटाउने प्रक्रिया सुरु

spot_img

१५ दिनको अवधिमा दुई वटा हवाई दुर्घटना भइ २३ जनाले ज्यान गुमाएपछि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि सांसदहरु खनिएका छन् । यसअघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएको १५ दिनभित्रै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएपछि सांसदहरुले क्यानका हाकिमको राजीनामा माग गरेका छन् ।

बिहीबार संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सांसदहरुको जिज्ञासा पश्चात क्यानका हाकिमलाई हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । अधिकारीलाई स्पष्टिकरण सोधेर वा सिँधै पदबाट हटाउँदा उनी अदालत गएर फेरि फर्किन सक्ने भन्दै मन्त्री पाण्डेले प्रदीप अधिकारी क्यानको हाकिम भएर फर्किन नसक्ने गरि हटाउन लागिएको बताएका हुन् ।

आजको बैठकमा सांसद धबलसमशेर राणाले क्यानको वर्तमान नेतृत्वबाट हवाई सुरक्षा हुन नसक्ने भन्दै तत्काल हटाउन माग गरेका छन् । उनले सम्बन्धित कर्मचारी (क्यानका महानिर्देशक प्रदीप अधिकारी)ले दुर्घटनाको जिम्मेवारी लिएर नैतिकताका आधारमा पदबाट राजीनामा नदिए सरकारले निलम्बन र बर्खास्त गर्नुपर्ने बताए ।

रास्वपाका सांसद शिशिर खनालले नियामक निकायकै कमजोरीले हवाई दुर्घटना बढेको भन्दै क्यानका महानिर्देशकलाई कारबाही गर्ने प्रस्ताव लिएर बैठकमा आउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले पनि क्यानका महानिर्देशक अधिकारी जिम्मेवार नदेखिएको भन्दै उनले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सांसद राजेन्द्र बजगाईंले प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए । उनले क्यानका हाकिम ठेक्कापट्टामा मात्रै लागेको भन्दै यस्तो नेतृत्वबाट हवाई क्षेत्र सुधार र सुरक्षाको काम नहुने दाबी नै गरे ।

‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एयरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्याङ्की नै भत्काउनुपर्ने बनाए’ सांसद बजगाईँले भने, ‘यी काम हेर्दा डीजी ठेक्कामा मात्रै लागे, उनलाई तत्काल बर्खास्त गनुपर्छ ।’

सांसद उदयसमशेर जबराले अहिलेकै महानिर्देशक अधिकारीलाई निरन्तरता दिएर हवाई दुर्घटनाको सत्य र साँचो प्रतिवेदन नआउने समेत दाबी गरे । ‘अहिलेकै डीजी हुँदासम्म दुर्घटनाको सही रिपोर्ट आउँदैन’ उनले भने ।

सांसद जबराले नियाम र सेवाप्रदायक एकै हुँदा पनि समस्या देखिएको बताउँदै तत्काल क्यानलाई विभक्त गरेर सेवाप्रदायक र नियामक फरक फरक निकाय बनाउनुपर्ने बताए ।

तर, हिजो बुधबार मात्रै सोही समितिको बैठकमा उपस्थित प्राधिकरणका महानिर्देशक अधिकारीले बादल लागेको ठाउँमा हेलिकप्टर छिर्दा दुर्घटना भएको बताएका छन् । बदल लागेको ठाउँमा हेलिकप्टर जान नमिल्ने प्रावधान भएपनि डाइनेस्टीका पाइलटले हेलिकप्टरलाई बादलभित्र छिराउँदा दुर्घटना भएको जवाफ दिएर उनी फर्किएका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img