Thursday, November 13, 2025
spot_img

क्यानका हाकिमलाई हटाउने प्रक्रिया सुरु

spot_img

१५ दिनको अवधिमा दुई वटा हवाई दुर्घटना भइ २३ जनाले ज्यान गुमाएपछि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि सांसदहरु खनिएका छन् । यसअघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएको १५ दिनभित्रै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएपछि सांसदहरुले क्यानका हाकिमको राजीनामा माग गरेका छन् ।

बिहीबार संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सांसदहरुको जिज्ञासा पश्चात क्यानका हाकिमलाई हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । अधिकारीलाई स्पष्टिकरण सोधेर वा सिँधै पदबाट हटाउँदा उनी अदालत गएर फेरि फर्किन सक्ने भन्दै मन्त्री पाण्डेले प्रदीप अधिकारी क्यानको हाकिम भएर फर्किन नसक्ने गरि हटाउन लागिएको बताएका हुन् ।

आजको बैठकमा सांसद धबलसमशेर राणाले क्यानको वर्तमान नेतृत्वबाट हवाई सुरक्षा हुन नसक्ने भन्दै तत्काल हटाउन माग गरेका छन् । उनले सम्बन्धित कर्मचारी (क्यानका महानिर्देशक प्रदीप अधिकारी)ले दुर्घटनाको जिम्मेवारी लिएर नैतिकताका आधारमा पदबाट राजीनामा नदिए सरकारले निलम्बन र बर्खास्त गर्नुपर्ने बताए ।

रास्वपाका सांसद शिशिर खनालले नियामक निकायकै कमजोरीले हवाई दुर्घटना बढेको भन्दै क्यानका महानिर्देशकलाई कारबाही गर्ने प्रस्ताव लिएर बैठकमा आउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले पनि क्यानका महानिर्देशक अधिकारी जिम्मेवार नदेखिएको भन्दै उनले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सांसद राजेन्द्र बजगाईंले प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए । उनले क्यानका हाकिम ठेक्कापट्टामा मात्रै लागेको भन्दै यस्तो नेतृत्वबाट हवाई क्षेत्र सुधार र सुरक्षाको काम नहुने दाबी नै गरे ।

‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एयरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्याङ्की नै भत्काउनुपर्ने बनाए’ सांसद बजगाईँले भने, ‘यी काम हेर्दा डीजी ठेक्कामा मात्रै लागे, उनलाई तत्काल बर्खास्त गनुपर्छ ।’

सांसद उदयसमशेर जबराले अहिलेकै महानिर्देशक अधिकारीलाई निरन्तरता दिएर हवाई दुर्घटनाको सत्य र साँचो प्रतिवेदन नआउने समेत दाबी गरे । ‘अहिलेकै डीजी हुँदासम्म दुर्घटनाको सही रिपोर्ट आउँदैन’ उनले भने ।

सांसद जबराले नियाम र सेवाप्रदायक एकै हुँदा पनि समस्या देखिएको बताउँदै तत्काल क्यानलाई विभक्त गरेर सेवाप्रदायक र नियामक फरक फरक निकाय बनाउनुपर्ने बताए ।

तर, हिजो बुधबार मात्रै सोही समितिको बैठकमा उपस्थित प्राधिकरणका महानिर्देशक अधिकारीले बादल लागेको ठाउँमा हेलिकप्टर छिर्दा दुर्घटना भएको बताएका छन् । बदल लागेको ठाउँमा हेलिकप्टर जान नमिल्ने प्रावधान भएपनि डाइनेस्टीका पाइलटले हेलिकप्टरलाई बादलभित्र छिराउँदा दुर्घटना भएको जवाफ दिएर उनी फर्किएका थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img