Tuesday, August 25, 2026
spot_img
spot_img

चुनावका दिन यती एयरलाइन्सले उडान नगर्ने

spot_img

यती एयरलाइन्सले फागुन २१ गते अर्थात् प्रतिनिधिसभा निर्वाचनका दिन उडान नगर्ने भएको छ । कम्पनीले फागुन २१ गतेका सबै उडान स्थगित गरेको हो ।

यतीले सूचना जारी गरेरै फागुन २१ (मार्च ५) मा उडान नहुने जानकारी गराएको हो । कम्पनीका अनुसार फागुन २२ बाट उडानहरु नियमित हुनेछन् ।

निर्वाचन आयोगले चुनावका दिन आन्तरिक उडान नरोक्ने भन्दै कम्पनीहरुलाई सवारी पासको प्रबन्ध गरेको भएपनि यतीले उडान नगर्ने भएको हो । यती एयरलाइन्सका अनुसार काठमाडौँ विमानस्थलमा निर्वाचनका दिन यात्रुहरुका लागि सटल बस सेवा उपलब्ध हुने भएपनि अन्य विमानस्थलमा यो सुविधा उपलब्ध नहुँदा यात्रा सहज नहुने भएकाले उडान स्थगित गरिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...