Thursday, July 9, 2026
spot_img

इजरायल–इरान युद्धको प्रभावः नेपालबाट आजका लागि तय भएका १० उडान रद्द

spot_img

इजरायल र इरानीबच चर्किएको युद्धका कारण नेपालबाट मध्यपूर्वका विभिन्न देश तथा शहरमा हुने हवाई उडान रद्द भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १ (फागुन १७) का तय भएका विभिन्न ५ एयरलाइन्स कम्पनीका १० उडान रद्द भएका छन् ।

प्राधिकरणका अनुसार जजीरा एयरवेजको कुवेतका लागि आज २ उडान थिए । यी दुइ उडान रद्द भएका छन् । जसबाट २५० जना यात्रु प्रभावित भएका छन् । यस्तै, एयर अरेबियाको शारजाहमा हुने तय भएका २ वटा उडान पनि रोकिएका छन् । जसबाट ३ सय यात्रु मर्कामा परेका छन् ।

एयर अरेबियाको आबुधाबी उडान पनि रोकिएको छ । उसका वटा २ उडान रद्द हुँदा २८० जना यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ । यसैगरी, कतार एयरवेजको दोहाका लागि हुने २ वटा उडान पनि रोकिएको छ । जसका कारण ४५० जना समस्यामा परेका छन् ।

यसैगरी, फ्लाई दुबईका २ वटा उडान समेत रद्द हुँदा ३२० जना यात्रु रोकिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img