अमेरिकाको सहयोगमा इजरालयले इरानमा गरेको आक्रमणका कारण अहिले मध्यपूर्वी देशहरुको अवस्था तनावपूर्ण बनेको छ । इजरायलले गरेको आक्रमणको जवाफ दिने क्रममा इरानले इजरायलसहित अमेरिकी सेना रहेको कतार लगायतका देशमा समेत आक्रमण गरेको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी यस युद्धमा मारिएका छन् ।
यसकारण अहिले विश्व नै अनिश्चयतर्फ धकेलिएको छ । जसले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका छन् ।
विभिन्न देशहरुले हवाई उडानमा प्रतिबन्ध लगाएका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबई, कुबेत, अबुधाबी, कतार र दमाम विमानस्थलमा उडान प्रतिबन्ध लगाइएका कारण काठमाडौँबाट हुने उडान रद्द भएका हुन् ।
शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार र दमाम विमानस्थल बन्द रहेकाले नेपालबाट शनिबार दिउँसो र रातिका लागि तय भएका सबै उडान रद्द गरिएको उनको भनाइ छ ।
अब उडानहरू कहिले खुल्छन् भन्नेबारे यकिन छैन ।












