सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सीजी मोटर्स प्रा.लि. सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सीजी मोटर्सलाई सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार आन्तरिक राजश्व कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्स सम्मानित भएको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरबाट व्यवसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक वर्ष २०७९/०८० मा सीजी मोटर्सले सबैभन्दा बढी आयकर तिरेको हो ।
आन्तरिक राश्वव कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । चौधरीका अनुसार चौधरी ग्रुपले देशको कुल सरकारी राजश्वमा २ प्रतिशत कर योगदान गर्दै आएको छ ।













