नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलका ईभी लुम्बिनी प्रदेशको बुटवलबाट बिक्री सुरू गरेको छ । आइतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि त्यस क्षेत्रका लागि दीपलका ईभीको बिक्री सुरू गरिएको हो ।
दीपलका विद्युतीय कारको बिक्री शुभारम्भ कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतको उपस्थिति थियो ।
दीपल एस०७ र एल०७ मोडल बिक्रीको लागि उपलब्ध भएको छ । ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दीपल र चांगानको सफलताको कामना गरेका छन् ।
चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दीपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।
एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दीपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् ।













