Thursday, April 23, 2026
spot_img
spot_img

दशैँका लागि हुन्डाई नेपालको ‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ अभियान

spot_img
spot_img

दशैं, तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा सुरु गर्ने भएको छ । हुन्डाई गाडीको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले असोज २२ देखि २५ गतेसम्म हरेक दिन बिहान १० बजे देखि बेलुका ६ बजेसम्म यो सेवा उपलब्ध गराउने भएको हो ।

यस सेवा अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

हुन्डाईले आफ्ना दक्ष प्राविधिकसहित ९ प्रमुख स्थानहरु (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलाली)मा चेकअप पोइन्टहरू स्थापित गरेको छ । कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ ।

विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी. चार्जरहरू पनि उपलब्ध हुनेछन् । यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

२०१४ देखी संचालनमा रहेको हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिवद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...
spot_img