Friday, April 24, 2026
spot_img
spot_img

बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

spot_img
spot_img

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको “१६ औं टाटा इभी नाडा अटो सो २०२४“ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले भने “नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलता पछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छौ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौ ।”

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने “टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौ । लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा हामी विस्वस्त छौ। अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी – पन्च इभीले हाम्रो ग्राहकहरुलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति पाउनु हुनेछ ।”

नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ। यसैगरि १६ इभि डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन्।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img