नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले नयाँ विद्युतीय माइक्रो भित्र्याएका छन् । उप्रेतीले १४ सिट क्षमताको जिन्बै ब्रान्डको विद्युतीय माइक्रोबस नेपाल भित्र्याएका हुन् ।
उप्रेतीको एसटीसी अटो सोलुशनले चिनियाँ सरकारी कम्पनीको उत्पादन जिन्बैलाई नेपाल ल्याएको हो । उनका अनुसार बीएमडब्लयू बन्ने फ्याक्ट्रीमा उत्पादन हुने यो माइक्रोबस ५.४ मिटर लामो छ । चिनियाँ बजारमा निकै रुचाइएको जिन्बै ईभी माइक्रोमा १ सय किलोवाट पिक पावरको मोटर रहेको छ । अगाडि र पछाडी नै एसी जडान गरिएको छ ।
यो ईभी माइक्रोलाई व्यवसायिक रुपमा रुटमै पनि चलाउन सकिने र लक्जरी भएकाले स्कुल भ्यान तथा टुरिष्ट बसका रुपमा समेत प्रयोग गर्न सकिने उप्रेतीले बताएका छन् । यसले लोड हुँदा ३ सय किलोमिटर र खाली हुँदा ३६० किलोमिटर रेन्ज दिने बताइएको छ ।
बुकिङ कहिले ? मूल्य कति ?
कम्पनीले नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट यस ईभीको बुकिङ खुलाउने तयारी गरेको छ । उप्रेतीका अनुसार कम्पनीले यस ईभी माइक्रोको मूल्य ५६ लाख ५० रुपैयाँ तोकेर बुकिङ खुलाउने भएको छ ।
अहिले एक युनिट मात्रै गाडी काठमाडौँ आएको कम्पनीले जनाएको छ ।












