केयी (Kaiyi) गाडीका लागि नेपालको आधिकारिक बिक्रेता Laxmi E-Mobility Pvt. Ltd. र G.O. Automobiles Pvt. Ltd. ले नेपाली नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा तीन दिने “Kaiyi Exchange Camp” सञ्चालन गर्ने घोषणा गरेको छ ।
ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
यो एक्सचेन्ज कानिर्भल अप्रिल १० देखि अप्रिल १२ (२०८२ चैत २७ देप्रि २९ गते) सम्म देशभरीका आधिकारिक केयी शोरुमहरुमा आयोजना हुनेछ । यस प्लेटफर्ममार्फत ग्राहकहरुले आफ्ना पूराना सवारी साधनहरुसँग साटेर नयाँ केयी मोडलका गाडीहरू खरिद गर्न सक्नेछन्।
काठमाडौंको हकमा, यो कार्यक्रम थापाथली (केयी शोरुम नजिकै) बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । आगन्तुकहरूले लाइभ फूड स्टलहरू र मनोरन्जनात्मक गतिविधिहरुका साथ उत्सवमय वातावरणको आनन्द लिन सक्नेछन् । जसले ग्राहक र उनीहरुका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउनेछ ।
नेपालमा किफायति र Value-for-money सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न र आधुनिक मोबिलिटीको पहँच सहज बनाउन यो अभियान सुरु गरिएको कम्पनीले जनाएका छन् ।
यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधाहरू, अटो बीमा, ७ किलोवाट (7kW) वा ३ किलोवाट (3kW) चार्जरका विकल्पहरू र प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी (Dusit Thani ), धुलिखेल मा एक रातको निःशुल्क प्याकेज पाउन सक्नेछन् ।
यस कार्यक्रममा ग्राहकहरूले केयीका मोडेलहरू जस्तै Kaiyi e-Qute 02, Kaiyi e-Qute 04, र Kaiyi X3 Pro EV लगायतका इलेक्ट्रिक र कम्प्याक्ट सहरी मोडलहरूको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्नेछन् ।
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको Kaiyi Auto एक विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी उत्पादक कम्पनी हो र यो Cherry को सहायक ब्रान्ड हो । नेपालमा केयी अटोले सन् २०२४ मा आधिकारिक बिक्रेता Laxmi E- Mobility Pvt. Ltd. र G.O. Automobiles Pvt. Ltd. मार्फत औपचारिक प्रवेश गरेको हो । नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसारका किफायती र गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै यसले बजारमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको छ । केयीको नेपालभर विस्तारित बिक्री र सेवा नेटवर्क छ, जसले ग्राहकहरूलाई भरपर्दो After-sales सेवा सुनिश्चित गर्दछ।












