एमएडब्लु वृद्धिले देशव्यापी मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ । कम्पनीले यस कार्निभलमार्फत इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ ।
कार्निभलको पहिलो दिन इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ ।
बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल र नामीका आआफ्ना सोरुमा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोन, निःशुल्क बिमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन् ।
कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको र यसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
कार्निभललाई थप आकर्षित बनाउन रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरु समेत राखिएका छन् ।












