नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालमा २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम गत पुसमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न गरेको हो।
नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरु
अध्यक्ष सुरेन्द्रकुमार उप्रेती,
निवर्तमान अध्यक्ष करणकुमार चौधरी,
संस्थागत उपाध्यक्ष भद्र भण्डारी,
संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई,
उपाध्यक्ष विक्रम सिंहानिया,
उपाध्यक्ष अभिक ज्योति,
महासचिव मिलनबाबु मल्ल,
सचिव मेघराज पौड्याल,
कोषाध्यक्ष पंंकज अग्रवाल,
सहकोषाध्यक्ष निलमणी पाठक।
संस्थागत सदस्यहरु मध्येबाट – प्रदेश सदस्य: डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, र पुष्कर ओझा।
साधारण सदस्यहरु मध्येबाट: अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह ।
अध्यक्षबाट मनोनित सदस्य: दिपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरी।












