Monday, April 20, 2026
spot_img
spot_img

नेपालमै बन्यो विद्युतीय बस, परीक्षण पनि सफल

spot_img
spot_img

नेपालमै विद्युतीय बस एसेम्बल भएको छ । सुन्दर अटो इन्जिनियरिङ प्रा. लि.ले नेपालमै पहिलोपटक विद्युतीय बस एसेम्बल गरेको हो ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार अहिले १४ सिट क्षमताका ४० वटा विद्युतीय बस एसेम्बल गरेर परीक्षण पनि सकिएको छ । उनका अनुसार सुन्दर अटो इन्जिनियरिङलाई ११/१२ जना यातायात व्यवसायीहरुले नेपालमै विद्युतीय बस एसेम्बल गर्न र ति बसहरु आफूले खरिद गर्ने भनेपछि कम्पनीले एसेम्बल गरेर तयार पारको हो ।

अध्यक्ष थापाका अनुसार ४० वटा बसमध्ये ३ वटा बस सडकमा गुडाएर परीक्षण गरिसकिएको छ । तयार पारिएका विद्युतीय बसहरुमा ६० प्रतिशत पाटपुर्जा स्वदेशी नै प्रयोग गरिएको र ४० प्रतिशत पाटपुर्जा भने भारत र चीनबाट आयात गरिएको अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष थापाले भने अनुसार १४ सिट क्षमतामा तयार पारिएको यो विद्युतीय बसले एक पटकको फुल चार्जमा १५० किलोमिटर सम्मको रेन्ज दिएको छ ।

कम्पनीले सरकारी निकायको साथ पाए व्यवसायिक रुपमै गाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएको छ । यसका लागि नेपालमै एसेम्बल भएका सवारी साधनहरुलाई सहज रुपमा दर्तादेखि पार्टस् र नन् एसेम्बल कम्पोनेन्टको आयातमा सहजीकरण आवश्यक रहेको कम्पनीको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...
spot_img