इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्वामित्व प्रक्रिया अझ सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ। अब ग्राहकहरूले केवल मान्य परिचयपत्र (ID Card) को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना Ather स्कुटर खरिद गर्न सक्नेछन्। NPR 6,058 बाट सुरु हुने EMI का साथ नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर किन्नु यसअघि कहिल्यै यति सजिलो नरहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। Ather आफ्नो बनाउनु अब झनै सजिलो भएको छ।
बढ्दो ग्राहक आधारलाई सहयोग गर्न Ather ले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको छ। हाल एथरको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवलमा गरि ८ वटा एथर Experience Center रहेका छन् भने बौद्धमा टेस्ट राइड जोन रहेको छ। एथरका ८ वटा अधिकृत सेवा केन्द्र र प्रमुख सहर तथा राजमार्गहरूमा २७ बढी फास्ट चार्जिङ पोइन्टहरू छन्।
स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर-द-एयर (OTA) अपडेट र उत्कृष्ट राइडिङ अनुभवजस्ता विशेषताका कारण Ather नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।













