Sunday, July 5, 2026
spot_img

नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित

spot_img

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् । नाडाको पौष २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

२५ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो । यस समयभित्र उप्रेतीको मात्रै उम्मेद्वारी परेको हो । अरु कसैको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन् ।

उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । यसअघि कोषाध्यक्षको भूमीका समेत सफलतापूर्वक निर्वाह गरिसकेका उनले त्यसअघि विभिन्न समितिमा बसेर काम गरेका थिए ।

एसटीसी ग्रुपका प्रबन्ध निर्देशक रहेका उनी टायर, लुब्रिकेन्ट, ब्याट्रीसहित विभिन्न स्पेयर पार्टस् व्यवसायमा संलग्न छन् । उनले चाँडै गाडीसमेत आयात गर्ने तयारी अघि बढाएका छन् ।

नाडाको ४९औँ वार्षिक साधारणसभा गत पौष ९ मा भएको थियो । निर्वाचन भने पौष २५ गतेका लागि तोकिएको छ । अध्यक्ष उप्रेती निर्विरोध भएपनि यसको औपचारिक घोषणा भने पौष २५ गते मात्रै हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...
spot_img