Monday, July 6, 2026
spot_img

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter Service And Exchange Camp’ घोषणा

spot_img

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” सार्वजनिक गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई थप सुदृढ बनाउन विशेष रूपमा आयोजना गरिएको यो सर्भिस क्याम्प डिसेम्बर ७ देखि १० सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार यस सर्भिस क्याम्पमा सहभागी हुने ईभी प्रयोगकर्ताले निःशुल्क लेबर चार्ज, निःशुल्क टप वाशिङ, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच र एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा पाउने छन् ।

यसका अतिरिक्त जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने भएकाले सर्भिसिङ प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ ।

यस सर्भिस क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइनेछ । यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूलाई थप विकल्प र लाभ प्रदान गर्ने कम्पनीको विश्वास छ । सिप्रदीले यस पहलमार्फत ग्राहकलाई हिउँदभरि सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको छ ।

सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताको वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक चासोमा राख्दै आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहकमैत्री अभियानहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार यो क्याम्प नियमित सर्भिस मात्र नभई जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्ने सबै ईभी ग्राहकहरूका लागि एक महत्वपूर्ण सहायता अभियान हुने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना...

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...
spot_img