Monday, April 20, 2026
spot_img
spot_img

सीजी मोटर्सद्वारा थापाथलीमा आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टर उद्घाटन

spot_img
spot_img

आयन र एक्स्पेङका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको उद्घाटन गरेको छ । यो नयाँ केन्द्र पूरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित छ ।

नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल यहाँ आयन वाइ, आयन भी र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन् ।

आयन वाइ र आयन भी लक्जरी मोडेलहरू क्रमशः रु ५८.५ लाख र रु ६९.९ लाख को मूल्यमा उपलब्ध छन् । आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूका कारण यी मोडेलहरू लोकप्रिय बन्दै गएका छन् ।

आयन भी लक्जरीमा ७५.३ किलोवाट आवरको म्यागजिन ब्याट्री रहेको छ जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा आफ्नो सेग्मेन्टमा पहिलो पटक उपलब्ध ८–प्वाइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज तथा वार्मर जस्ता विलासी सुविधाहरू छन् । आयन वाइमा १०० किलोवाट मोटर रहेको छ जसले अधिकतम २२५ एनएम टर्क प्रदान गर्छ । यसमा प्रयोग गरिएको लिथियम आयरन फस्फेट ब्याट्री को क्षमता ६१.४ किलोवाट आवर रहेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्छ ।

रु ८४.९९ लाख मूल्य रहेको एक्स्पेङ जी६ भने प्रिमियम सेग्मेन्टको एस् यु भी रहेको छ। यसमा ४४० एनएम टर्क, अटो पायलट फिचरहरू, ५–स्टार युरो एन्–क्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, SEPA २.० स्ट्रक्चर र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् ।

ग्राहकहरूले मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्नुहुनेछ । त्यसमाथी आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार र सीजी मोटर्सका ईभी विज्ञहरुबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्ने जनाइएको छ ।

यस एक्स्पेरिएन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवा प्रतिको अठोटलाई जनाएको छ । विस्तार हुँदै गएका सुविधाहरू र समर्पित सेवा प्रणालीसहित, सीजी मोटर्सले सबै ग्राहकहरूलाई भविष्यमुखी ईभीको प्रत्यक्ष अनुभव लिन नयाँ केन्द्रमा आउन आग्रह पनि गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको साधारणसभा जेठ २९ मा, अध्यक्ष बन्दै मोहन डाँगी

जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को...

गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण, भन्छन् ‘शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’

विवादित व्यवसाय दिपक भट्टको कम्पनीमा गरिएको शेयर लगानीबारे गृहमन्त्री...

युनियन हाइड्रोपावरको नाम परिवर्तन भएर बन्यो होल्डीङ कम्पनी, अब हकप्रद निष्काशन गर्ने

युनियन हाइड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको...

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img