इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर एनर्जी नेपालले फ्यामिली स्कुटर एथर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो रंगमा ल्याएको हो ।
यो विशेष संस्करण लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ । यससँगै एथर रिज्टा अब ९ फरक–फरक रङहरूमा उपलब्ध हुनेछ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक प्रस्तुत भएदेखि नै यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ ।
एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो, जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ ।
विशाल सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ । भारतमा यसको बिक्री पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट नाघिसकेको छ । नेपालमा यसको बिक्री तथा वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत भइरहेको छ ।
एथर रिज्टाका मुख्य विशेषताहरू
१) एकपटक चार्जमा १५९ किमी सम्मको दूरी पार गर्न सक्ने — सहरभित्र र सहरबाहिर दुबैका लागि आदर्श।
२) ४.३ पावर मोटरले तुरुन्त टर्क, स्मूथ एक्सेलेरेसन र आत्मविश्वासपूर्ण गति प्रदान गर्छ।
३) वर्गकै सबैभन्दा लामो सिट, जसले चालक र पछाडिको सवारी दुबैलाई अधिकतम सहजता दिन्छ।
४) स्किड कन्ट्रोल, अटो–होल्ड, इमर्जेन्सी स्टप सिग्नल, र डिस्क ब्रेक जस्ता विशेषतासँग सुसज्जित।
६) ७ इन्च टचस्क्रिन टीएफटी डिस्प्ले, गूगल म्याप्स नेभिगेशन, ब्लुटुथ म्युजिक र कल कन्ट्रोल, तथा OTA सफ्टवेयर अपडेट ।
७) IPX7 क्ष्एह्ठ रेटेड ब्याट्री, ५ वर्षको वारेन्टी सहित दीर्घकालीन भरोसा ।
८) ५६ लिटर सम्मको स्टोरेज क्षमता, जसमा ३४ लिटर अन्डर–सिट र वैकल्पिक २२ लिटर अगाडिको फ्रन्क ९ाचगलप० समावेश।
एथर रिज्टा टेराकोटा रेडका बुकिङ र डेलिभरी हाल नेपालभरका सबै एथर एक्स्पिरियन्स सेन्टरहरूमा खुला छन् ।













