Friday, June 19, 2026
spot_img

‘अहिले विगतबाट सिक्ने, प्रविधिलाई अँगाल्ने र आत्मनिर्भरतातर्फ अघि बढ्ने बेला हो’

spot_img
spot_img

दीपक थपलिया

गएका केही दिनहरू हामी सबैका लागि निकै कठिन रहे । मुलुकमा ब्याप्त भ्रष्टाचार, अनियमितता, राजस्वको दुरुपयोग जस्ता विषयमा प्रश्न उठाउँदै ‘जेनेरेशन जेड’ले शान्तिपूर्ण प्रदर्शन गरेर सरकार र राजनीतिक दललाई दबाब दिने कार्यक्रम राख्दा सबैले समर्थन गरेका थिए । तर, शन्तिपूर्ण हुन्छ भन्ने अपेक्षा गरिएको प्रदर्शन विध्वङ्शात्मक बन्न पुग्यो ।

आँखै अगाडी हाम्रा सम्पत्ति आगोमा जले, नासिए । यो देख्दा असैह्य पीडा हुने नै भयो । तर साँच्चिकै हृदय छुने कुरा भनेको ती परिवारमाथि परेको बज्रपात हो, जसले भविष्यको आशा राखेका थिए । सुन्दर भविष्यको खोजीमा रहेका ति कलिला युवाहरु कहिल्यै नउठ्ने गरी ढले । यो मर्मस्पर्शी मात्रै होइन, हृदयविदारक दृश्य थियो ।

अब ती आशाहरू हल्लिएका छन् । परिवार विक्षिप्त बनेको छ । नेपालको इतिहास र गौरवका प्रतीकका रुपमा कयौँ धरोहरहरु पनि खरानी बनेका छन् । हाम्रो मुलुकले करिब ३६ घण्टामा यो तहको विनाश भोग्नुप¥यो, जुन कल्पना भन्दा निकै बाहिरको क्षति थियो ।

हो, यसबाट हामी पनि प्रभावित भयौं । हाम्रा सम्पत्ति, पूर्वाधार र योजनाहरू सबै प्रभावित भए । तर जिम्मेवारी भन्ने चीज यस्तो रहेछ, जुन पीडाभन्दा पहिले आउँदो रहेछ । आन्दोलनका बीचमा पनि मोबिलिटी आवश्यक थियो, र हाम्रो टोलीले अनवरत काम गर्‍यो । सवारी साधनलाई फेरि सडकमा ल्याउने, थप क्षति रोक्ने र ग्राहकहरूलाई सकेसम्म सहयोग गर्ने काममा हाम्रो टिम तैनाथ भयो । यी अनुभवहरूले हामीलाई सम्झाउँछन् कि हुन्डाइले सँधै केका लागि काम गरेको छ ? निश्चय पनि हामीले सधैँ सबैभन्दा कठिन समयमा पनि आम मानिससँग उभिने संकल्प गरेका छौँ, जुन सामान्य अवस्थामा मात्रै होइन, हरेक विपत्तिमा पनि हामीले पूरा गर्दै आएका छौँ ।

यो समय आफैंलाई मूल्याङ्कन गर्ने र अगाडि बढ्ने समय हो । विगतका गल्तीहरूबाट सिक्ने, प्रविधिलाई अँगाल्ने र आत्मनिर्भरतातर्फ कदम बढाउने बेला पनि हो । समय सधैँ महत्वपूर्ण नै हुन्छ तर, अहिलेको समय पहिलेभन्दा बढी महत्वपूर्ण छ । यसर्थ, “नेपालमा बनेको” भन्ने अब विचार मात्रै होइन, यो भविष्य निर्माण गर्नेतर्फको महत्वपूर्ण कदम हो, जसमा हामी सबै गर्व गर्न सक्छौं ।

सुरूदेखि नै हुन्डाइ नेपालले परिवारमा विश्वास गरेको छ । आज यो परिवार अझ बलियो र नजिक भएको छ । नेपालको दृढ र आत्मविश्वासी मनोबलसँग हातेमालो गर्दै हामी पनि सँगसँगै मिलेर निर्माण र विकासमा हातेमालो गर्दै अघि बढ्नेछौं ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...
spot_img