Monday, April 20, 2026
spot_img
spot_img

अटो शोमा ४ हजार युनिटभन्दा बढी गाडी बुकिङ, कुन ब्राण्डको कति ?

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको आयोजनामा सम्पन्न भएको १७औँ संस्करणको ‘नाडा अटो शो’मा करिब ४३ सय गाडी बुकिङ भएका छन् । यसमा २ सय जति दुइ पाङ्ग्रे छन् ।

कम्पनीहरुको दाबी अनुसार ४ हजारभन्दा बढी चार पाङ्ग्रे गाडी बुकिङ भएका छन् । यीमध्ये सबैभन्दा धेरै बिवाईडीका गाडी बुक भएका छन् । बिवाईडीको नेपालका लागि आधिकारिक आयातकर्ता साइमेक्स इंकका अनुसार नाडा अटो शोमा बिवाईडीका १४ सय जति गाडी बुकिङ भएका छन् । हालै सार्वजनिक भएका एट्टो १ र एट्टो २ सहित बिवाईडीका विभिन्न मोडलहरु सर्वाधिक बुकिङ भएका हुन् ।

बिवाईडीपछि ‘रियल बुकिङ’मा टाटाका गाडी धेरै छन् । अटो शोमा टाटाका टियागो, पन्च, नेक्सन लगायतका मोडलहरु गरी कुल ८ सय युनिट गाडी बुकिङ भएका छन् ।

नामी ८१२, दीपल ६०७ र सेरेश १०३ गरी एमएडब्ल्यूले पनि उल्लेख्य बुकिङ लिएको छ ।

पहिलोपटक अटो शोमा आएको जिलीका गाडी पनि १८७ युनिट बुकिङ भएको एलआरआर मोटर्सले जनाएको छ । जिङपिङ १०२, एक्सपेङ ७० युनिट बुकिङ भएका छन् । अन्य ब्राण्डहरुले पनि उल्लेख्य बुकिङ पाएको जनाएका छन् ।

दुइ पाङ्ग्रेतर्फ रोयल इन्फिल्ड १६० युनिट बुकिङ हुँदा हिरोका ६० युनिट मोटरसाइकल बुक भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img