Tuesday, April 21, 2026
spot_img
spot_img

नेपाल आएको उड्ने कार किन्न पाइन्छ ?

spot_img
spot_img

मंगलबार ‘नाडा अटो शो २०२५’ सुरु भयो । यसपटकको ‘अटो शो’को मुख्य आकर्षण बनेको छ दीपलको ‘उड्ने कार’ ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले अटो शोका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उड्ने कार ल्याउने उद्घोष गरेसँगै चुलिएको चर्चा मंगलबार भृकुटीमण्डपमा ‘भीड’मा परिणत भयो ।

अटो शो अवलोकनमा पुग्नेमध्ये सबैले उड्ने कार अवलोकन गरिरहेका छन् । धेरैजसोले फोटो र भिडियो पनि खिचिरहेका छन् ।

नाडा अटो शो उद्घाटन लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उड्ने कारको अवलोकन गरे । प्रधानमन्त्रीले अवलोकन गर्दा पनि भीडलाई थेग्न स्वयम् सेवक र सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

प्रधानमन्त्री अवलोकन गरे पश्चात सर्वसाधारणका लागि उड्ने कार हेर्न खुला गरिएको छ । जुन भदौ ८ गतेसम्म कायम रहने छ ।

चलाउन पाइँदैन, किनबेच पनि हुँदैन

अहिले उड्ने ट्याक्सी आएको विषय जति चर्चामा छ, यसको खरिद बिक्री कसरी होला र यसलाई चलाएर देखाइन्छ कि देखाइँदैन भन्ने विषय पनि त्यति नै चर्चामा छ । तर, नेपालमा उड्ने ट्याक्सी चलाउने कानुन नै नभएकाले यसपाली प्रदर्शनीमा राखिएको उड्ने ट्याक्सी केवल प्रदर्शनीमा मात्र राखिनेछ ।

साथै, यसको किनबेच पनि नहुने एमडब्ल्यू बृद्धिका निर्देशक बिवेक सिकारियाले बिजनेशपानालाई जानकारी दिए । उनका अनुसार अहिले यसलाई केवल प्रदर्शनीमा मात्रै राखिनेछ । अब भविष्यको मोबिलिटी यो हो भन्ने सन्देश दिनका लागि फ्लाइङ कार ल्याएर प्रदर्शनीमा राखिएको र यसले नीतिगत तहमा बहस र छलफलको सिर्जना गर्ने विश्वास लिइएको सिकारिया बताउँछन् ।

यद्यपी, कम्पनीका अनुसार यसको मूल्य करिब ८ करोडसम्म पर्न सक्ने देखिन्छ । नाडा अटो शो सकिएपछि यस उड्ने कार चांगान अटोलाई नै फिर्ता गरिने सिकारिया भनाइ छ ।

जमिनबाट अधिकतम् ३ हजार मिटर उचाइसम्म उड्न सक्ने यो ट्याक्सी एकपटकको फुच चार्जमा ३५ किलोमिटरसम्म उड्न सक्नेछ । यसको अधिकतम् गति प्रतिघण्टा १३० किलोमिटर छ । २ घण्टामा फुल चार्ज हुने यस उड्ने ट्याक्सी एकपटकमा २१ मिनेटसम्म उड्न सक्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img