चिनियाँ इलेक्ट्रिक कार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘एट्टो २’ नेपालमा सार्वजनिक गरेको छ। आजबाट सुरु भएको ‘नाडा अटो शो २०२५’मा कम्पनीले आधिकारिक रुपमा एट्टो २ लाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।
एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो । यो फ्रन्ट ह्विल ड्राइभ लेआउटमा उपलब्ध छ।
गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ राखिएको छ । कम्पनीका अनुसार यो गाडीले ३४५ किमि रेन्ज दिने छ। गाडीमा १०० किलोवाटको मोटर, २०० एमएम ग्राउन्ड क्लियरेन्स छ।
कम्पनीले केही समयअघि एट्टो १ सार्वजनिक गरेको थियो।













