Wednesday, July 8, 2026
spot_img

२ लाख ८५ हजारबाट २ लाख ४५ हजारमा झर्यो Yadea Velax स्कुटीको मूल्य

spot_img

नेपालका लागि याडिया स्कुटीको एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले  याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। जस अनुसार अब यसको मूल्य अघिल्लो रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० गरिएको कम्पनीले जनाएको छ।

लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँन यो अफर ल्याईएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार  ३२००W मोटर र १७२ N•m टर्क सहित, यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ। यसको ३०Ah / ७२V LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।
डिजाइन र सुविधाको दृष्टिले, Velax मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS जस्ता विशेषताहरू रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।
याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष / ५०,००० किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रु. २,४५,००० को यो नयाँ अफर मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि Velax पुनः अघिल्लो मूल्यमा फिर्ता हुने कम्पनीले प्रष्ट पारेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img