Tuesday, April 21, 2026
spot_img
spot_img

सर्वाधिक सफल हुने बाटोमा ‘बिवाईडी एट्टो १’

spot_img
spot_img

नेपालमा सार्वजनिक भएको पहिलो हप्तामै ‘बिवाईडी एट्टो १’ले उल्लेख्य ख्याती कमाएको छ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा साउन २१ गते सार्वजनिक भएको बिवाईडी एट्टो १ एक्स्पो अवधिभर आकर्षणको केन्द्रमा रह्यो । अवलोकनकर्ताहरु बिवाईडीको स्टलमा एट्टो १ प्रति सर्वाधिक चासो व्यक्त गरिरहेका भेटिन्थे ।

यति मात्रै होइन, ६ दिनसम्म चलेको एक्स्पोमा सबैभन्दा बढी नै बिवाईडीका गाडी बुकिङ भएका छन् । तिमध्ये करिब ५ सय युनिट एट्टो १ बुक भएका छन् ।

साइमेक्स इंकका सेल्स म्यानेजर आशुतोष गौतमका अनुसार एक्पोमा बिवाईडीका करिब ८ सय युनिट ईभी बुकिङ भएका छन् । यीमध्ये ५ सय युनिट त एट्टो १ मात्रै छन् ।

यस्तै, सिलायन–सेभेन १५० युनिट बुक हुँदा एट्टो ३ र डल्फिन पनि बुकिङ भएका छन् ।

नेपाली सडकमा सर्वाधिक सफल हुने बाटोमा एट्टो १
लन्च भएको पहिलो हप्तामै ५ सय युनिट बुकिङ भएको बिवाईडी सिगल अर्थात् एट्टो १ ले आगामी दिनमा अझै ख्याती कमाउनेमा कम्पनी विश्वस्त छ । डाइनामिक र प्रिमियम गरी दुई भेरियन्टमा नेपालमा आएको एट्टो १ मूल्यका हिसाबले पनि किफायती नै मानिन्छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३ सय किलोमिटरको डब्लुएलटीपी रेन्ज दिने दाबी गरिएका छ ।

आधुनिक प्रविधिलाई अपनाउँदै आएको बिवाईडीले आफ्नो एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा यो कार बनाएको हो । कम्पनीका अनुसार सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको एट्टो–१ नेपालको ‘सिटी इलेक्ट्रिक मोबिलिटी’का लागि ‘गेम चेन्जर’ प्रोडक्ट हो ।

अझ, यसलाई विश्वास गर्ने आधार भनेको यो गाडी ‘वल्र्ड कार अवार्ड’ विजेता मोडलसमेत हो । वल्र्ड कार अवार्डमा यसले ‘वल्र्ड अर्वन कार अफ दि इयर २०२५’ को उपाधि जितेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img