लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘Forthing’ लाई नेपाली बजारमा ल्याइसकेको छ । लक्ष्मी ई-मोबिलिटीले Forthing को पहिलो मोडेल Friday EV लाई नाइमा मोबिलिटी एक्स्पोको अवसरमा सार्वजनिक गरिसकेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)द्वारा आयोजित एक्स्पोमा यो ईभी सार्वजनिक भएसँगै यसले अवलोकनकर्ताहरुको ध्यान खिचेको छ ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको Forthing ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV Friday EV को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ। यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिने विश्वास लिइएको छ ।
Friday EV लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरियन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख छ । NAIMA को विशेष अफर अन्तर्गत Forthing ले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख छुट र एक वर्षको अटो+ बीमा प्रदान गर्दैछ । यस अफरमा ग्राहकहरूले लक्जरी भेरियन्ट केवल ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट ५४.९६ लाखमा प्राप्त गर्न सक्नेछन्।
शहरका सडकहरू उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर छ, जसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने छ ।
यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ।
Forthing Friday EV ले प्रतिस्पर्धात्मक मूल्य केर नाइमा एक्स्पोको अवसरमा थप छुट सुविधा समेत दिने भएपछि यसले नेपाली बजारमा दर्बिलो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । यसबाट विलासिता, शक्तिशाली प्रदर्शन र नयाँ प्रविधिलाई सहजै उपयोग गर्न सकिने भएको हो ।
Forthing सँग सहकार्य गर्दै लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ।
श्रावण २६ सम्म चल्ने नाइमा एक्स्पोमा Forthing को स्टल नम्बर A4 रहेको छ ।













