पारामाउण्ट मोटर्सले Mazda को ‘CX60’ नेपाली बजारमा ल्याएको छ । २०७८ साल बैशाखमा माज्दाको CX5 ल्याएर बिक्री सुरु गरेको पारामाउण्टले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा CX 60 मोडल ल्याएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोको चौथो दिन कम्पनीले माज्दा CX 60 लन्च गरेको हो ।
माज्दा निकै लक्जरी र प्रीमियम ब्राण्ड हो । माज्दा CX 60 को मूल्य कम्पनीले १ करोड ५१ लाख तोकेको छ । नाइमा मोबिलिटी एक्स्पोमा लन्च भएकामध्ये माज्दा CX 60 सबैभन्दा महँगो मोडल बनेको छ ।
अल ह्वील ड्राइभ सिस्टमका साथ आएको यस गाडीको लम्बाई ४५५० एमएम, चौडाई १८४० एमएम र उचाई १६६० एमएम रहेको छ । ६ एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर्स भएको यो गाडीको बिक्री पनि सुरु भईसकेको छ ।
पारामाउण्टले यसअघि २०७८ असारमा माज्दाको ‘सिएक्स–९’ पनि ल्याएको थियो ।













