Thursday, July 9, 2026
spot_img

अब यूरो ६ मापदण्ड बाहेकका गाडी आयात गर्न बैंकहरूले एलसी खोल्न नपाउने

spot_img

सरकारले यूरो ६ मापदण्ड सरहको नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गरेसँगै राष्ट्र बैंकले पनि सो व्यवस्था कार्यान्वयन गराउन सवारी आयातमा कडाई गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ बाहेकका गाडीको आयातमा प्रतितपत्र (एलसी) खोल्न बन्देज लगाएको हो ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरेको परिपत्र अनुसार अब नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ विपरितका सवारी साधनहरु आयात गर्न बैंक तथा वित्तीय संस्थाले एलसी खोल्न पाउने छैनन् ।

सरकारले गत असार ९ गते राजपत्रमा सूचना प्रकाशित गरेर साउन १ बाट यूरो ६ सरहको सवारी साधन प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनमा ल्याएको हो । जस अनुसार अब नेपालमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधनमा युरो ५ सरहको मापदण्ड लागू गरिएको छ । चार पाङ्ग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img