बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ ले नेपालमा धमाकेदार ‘इन्ट्री’ गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसरमा साउन २१ गते लन्च भएको एट्टो १ अहिले एक्स्पोकै सबैभन्दा चर्चित मोडल बनेको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बहुप्रतिक्षित यस इलेक्ट्रिक ह्याचब्याकलाई नेपाल ल्याएको हो ।
बीवाईडी एट्टो १ नेपालको शहरी इलेक्ट्रिक मोबिलिटीका लागि ‘गेम चेन्जर’ बनेर आएको कम्पनीको दाबी छ । वर्ल्ड कार अवार्ड ‘वर्ल्ड अर्वन कार अफ द इयर २०२५’ को उपाधि समेत प्राप्त गरेको यस ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि देखाएको छ ।
‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकीरकण गरेका छौँ र नेपाली सडकमा विश्वस्तरीय नवप्रवर्तनलाई ल्याएका छौँ,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भनेका छन्, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्तिसमेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको गाडी हो ।’
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ ।
नेपालमा डायनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध छ । डायनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । त्यसैगरी, प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३ सय किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाइमा विशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । कम्पनीका अनुसार नाइमा विशेष छुट अफरमा नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।
बीवाईडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ । विश्वभर मान्यता प्राप्त यस सवारीसाधन शहरवासीहरूको आवश्यकताअनुसार निर्माण गरिएको छ र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने तयारीमा छ ।













