Thursday, July 9, 2026
spot_img

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

spot_img

लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो ।

यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ । भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् । साथै, व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ । स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन् ।

प्रमुख विशेषता र प्राविधिक विवरण

यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ । दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेडरपीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ ।

क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ । अगाडी डिस्क र पछाडी ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टि फिचर पाउन सकिन्छ ।

एलएक्सजी मोटर्सका सेल्स एण्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले दिगो यातायातप्रति समूहको प्रतिबद्धतामा जोड दिए । कार्यक्रममा बोल्दै उनले भने ‘क्यारी ईभीको सुरुवातले हरित नेपालको लागि हाम्रो दूरदृष्टिमा महत्वपूर्ण भूमिका खेल्नेछ । यी गाडीहरूले परम्परागत इन्धनमा आधारित भ्यानहरूको तुलनामा भरपर्दो, लागत–प्रभावी र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन् । चाहे व्यावसायिक सञ्चालन होस् वा सुरक्षित स्कुल यातायात, यी गाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी ढुक्क छौ ।’

क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्सपोको हल डी, स्टल डी–१२ मा आई अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।

एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समुह, लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो । कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img