विद्युतीय सवारी साधन (ईभी) मर्मतको तालिम लिन इच्छुकहरुका लागि काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशित गरेर आवेदन आह्वान गरेको छ । महानगरपालिकाले ईभी तथा अन्य सवारी साधन मर्मतसम्भार सम्बन्धि तालिम लिन आवेदन माग गरेको हो ।
प्रारम्भिक तालिम प्राप्त गरेका १९ जनालाई ६ महिने ‘अन द जब ट्रेनिङ’ दिन लागिएको महानगरको सामाजिक विकास विभागले जनाएको छ । महानगरपालिका, चाँगुनारायण फाउण्डेशन र सम्बन्धित कम्पनी, औद्योगिक प्रतिष्ठानसँगको सहकार्यमा ६ महिने तालिम आयोजना गर्न लागिएको सूचनामा उल्लेख छ ।
२०८२ भदौ १ गतेदेखि सुरू हुने तालिममा सहभागी हुन बिहिबार (साउन २२ गते)बाट ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।














