इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा कुजु नेपालले Yadea Velax नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले Yadea Velax Series का तीन मोडल ल्याएको छ । जसमा ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा Velax U (Ultra Performance) एक मोडल रहेको छ ।
८० किमी प्रतिघण्टा स्पिड रहेको यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ ।
२० मिनेटमै ८०% चार्ज हुने Velax Fast Charging पनि कम्पनीले सार्वजनिक गरेको छ । ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित यो मोडेल २० मिनेटमै ८०% चार्ज हुने र यसले ११० किमी रेन्ज दिने बताइएको छ ।
३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित आएको अर्को मोडल हो Velax H (High Performance) । यसले एक पटकको फुल चार्जमा १०० किलोमिटर रेन्ज दिने बताइएको छ ।
Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमीको वारेन्टी उपलब्ध छ । कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ ।













