Thursday, July 9, 2026
spot_img

नाडा अटो शोः १ लाखले अवलोकन गर्ने, ‘उड्ने ट्याक्सी’ विशेष आकर्षण

spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । हरेक वर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो यसपाली पनि भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ।

शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् ।

यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब भएको नाडाले जनाएको छ । “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम् प्रविधि, ग्राहक र अटो क्षेत्रका सबै सरोकारवालालाई एकै छानामुनि ल्याउनेछ ।

नाडा अटो शो २०२५ मा चारपांग्रे रोबोटहरू र उड्ने कार विशेष आकर्षणका रुपमा रहने छन् । स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चार पाङ्ग्रे रोबोटहरू ‘UNITREE’ रहने छन् ।

भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलकका रुपमा ‘Deepal eVTOL UAV (उड्ने कार) पनि झन विशेष आषर्कण रहने छ ।

१९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)सहित १२५ भन्दा बढी स्टलहरु रहने छन् ।

१ लाखभन्दा बढी आगन्तुकले भ्रमण गर्ने अपेक्षा गरिएको यस १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img