Thursday, July 9, 2026
spot_img

नाइमा एक्स्पो: छुट र अफरमा कम्पनीबीच प्रतिस्पर्धा

spot_img

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आजबाट काठमाडौँमा “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” सुरु गरेको छ। एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् ।

जारी एक्स्पोमा अटोमोबाइल कम्पनीहरूले विश्व बजारमा हालै मात्रै आएका नयाँ नयाँ मोडल तथ ब्राण्डहरु सार्वजनिक गरेका छन् । नेपालमा सवारी आयातकर्ता कम्पनीहरुले उपभोक्तालाई आकर्षित गर्ने छुट तथा स्किमहरू ल्याएका छन् ।

Fourth Friday EV: ४०० किमी रेन्जको स्मार्ट एसयूभी

Laxmi E-Mobility ले चीनको चर्चित ब्रान्ड Fourth Friday EV नेपालमा भित्र्याएको छ । ६४.४ kWh ब्याट्रीसहितको यस गाडीले ४०० किमी रेन्ज प्रदान गर्छ ।

ADAS, ६ एयरब्याग, ३६० डिग्री क्यामरा, डुअल टचस्क्रिन जस्ता आधुनिक फिचर्सले भरिपूर्ण यस ईभीको मूल्य सामान्य अवस्थामा ५४ लाख ९६ हजार पर्छ । तर, नाइमामा कम्पनीले घोषणा गरेको अफर मूल्य ४८ लाख ९६ हजार छ ।

BYD Seagull: सस्तो, भरपर्दो र पुरस्कृत ह्याचब्याक

विश्वव्यापी रूपमा सफल ठहरिएको BYD Seagull नेपालमा २८ लाख ९५ हजारको सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ह्याचब्याक बीवाईडी एट्टो १ लाई आधिकारिक रूपमा लन्च गरेको हो ।

‘वर्ल्ड कार अवार्ड’ विजेता एट्टो १ (BYD Seagull) मा ४५ kW मोटर ६ एयरब्याग जस्ता फिचर्स छन् ।

किफायती, सुरक्षित र स्टाइलिस ईभी BYD Seagull को अर्को भेरियन्टको मूल्य ३२.९९ लाख तोकिएको छ ।

हुण्डाईका गाडी किन्दा ८ लाखसम्म छुट

नाइमा एक्स्पोमा हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नाइमा एक्स्पो लक्षित ‘हुन्डाई अवेसम अगष्ट’ स्किममार्फत आकर्षक छुट अफर ल्याएको हो ।

यस स्किममा ग्राहकहरूले हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्म नगद छुट पाउनुका साथै १ वर्षको निःशुल्क बीमा पनि पाउनेछन् । गाडीमा ३ तीन वर्षको वारेन्टी पनि पाउने छन् । हुन्डाईका ग्राण्ड आइ १०, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइस र आयोनिक ५ किन्दा यो अफर लागू हुनेछ ।

यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीले ३ रात ४ दिनको भियतनाम भ्रमणको अवसर पनि पाउने छन् ।

Maxus MIFA-7: १० लाख नगद छुट

एमपीभी सेग्मेन्टमा Himalaya Motorex ले Maxus MIFA-7 सार्वजनिक गरेको छ । ९० किलोवाट आवर क्षमताको ब्याट्रीयुक्त यस EV ले एक पटकको चार्जमा ६३५ किमी यात्रा गर्न सक्छ।

कम्पनीले अहिले बुकिङ गर्दा १० लाख नगद छुट दिने भएको छ । यसको सामान्य अवस्थाको मूल्य १ करोड २५ लाख छ ।

Omoda J5 SUV: छुट अफर

SPG Automobiles ले प्रस्तुत गरेको Omoda J5 SUV ले ADAS, ५४० डिग्री क्यामरा, प्यानोरोमिक सनरुफ र अत्याधुनिक डिजिटल क्लस्टरसहित उपभोक्ताको ध्यान तानेको छ।

नियमित मूल्य ६०–६५ लाखको आसपास रहेको यस गाडीको अफर मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

Lipmotor B-10 SUV: १० लाख नगद छुट

Shangrila Motors ले चीनको Lipmotor B-10 ल्याएको छ । नियमित मूल्य ६० लाख रहेको यसको अफर प्राइस ४९.९९ लाख तोकिएको छ ।

उच्च भेरियन्टको अफर मूल्य ५६.९९ लाख तोकिएको छ । यसमा ६७.१kWh ब्याट्री, स्मार्ट पार्किङ, १२ स्पीकर, १४.६ इन्चको टचस्क्रिन जस्ता फिचर्स छन् ।

Kaiyi X3 Pro EV: ९ लाख रुपैयाँको भारी छुट

नेपालमा काईई (Kaiyi) ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक G.O. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई–मोबिलिटीले Kaiyi X3 Pro EV को Flagship Top Variant मा विशेष छुटसहितको ‘बबाल अफर’ सार्वजनिक गरेका छन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत Kaiyi X3 Pro EV Flagship अब मात्र ३९ लाख ९६ हजारमा उपलब्ध छ । यसअघि यस मोडलको मूल्य रु ४८ लाख ९६ हजार थियो। यसरी मूल्यमा झण्डै ९ लाख रुपैयाँको भारी छुट दिइएको हो ।

अफरमा ७.३ Kw होम चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्ष निःशुल्क सर्भिस र स्पेयर टायर (बोनसमा) पनि पाइनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img