Thursday, July 9, 2026
spot_img

नेपालमा Forthing को पहिलो मोडल Friday EV गाडी सार्वजनिक, ,मूल्य कति ?

spot_img

लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘Forthing’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा Forthing को पहिलो मोडेल, Friday EV  सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार Friday EV लक्जरी र एक्सक्लुसिभ गरि दुई भेरियन्टमा उपलब्ध छ।  जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख छ। NAIMA को विशेष अफर अन्तर्गत, Forthing ले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो+ बीमा प्रदान गरेको छ। यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ। साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img