Thursday, July 9, 2026
spot_img

 सेग्वेले नाइमा मोबिलिटी एक्स्पोमा चार नयाँ मोडेल सार्वजनिक गर्ने

spot_img

नेपालको लागि सेग्वे–नाइनबोटको अधिकृत वितरक  आइहब प्रा.लिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ। कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्।

कम्पनीका अनुसार यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ। ‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.÷घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ।

त्यस्तै ‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा कम्पनीको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img