Tuesday, April 21, 2026
spot_img
spot_img

‘नाडा अटो शो’का आकर्षण: Vintage motor show, उड्ने ट्याक्सीदेखि Unitree रोबोट्ससम्म

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले नाडा अटो शो २०२५ आयोजना गर्दै छ।  आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शो आयोजना हुन लागेको हो।

नाडाले आज पत्रकार सम्मेलन गर्दै यसबारे औपचारिक जानकारी दिएको हो। नाडाका अनुसार  यस शोको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने छन्। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको नाडाले जनाएको छ।

नाडाका अनुसार “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। अटो शोमा उन्नत प्रविधि र भविष्यतर्फको कदममा अघि बढ्ने क्रममा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू -UNITREE रोबोट्स र भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलकको रुपमा Deepal eVTOL UAV को विशेष प्रदर्शन हुने नाडाले जनाएको छ। eVTOL भनेको Electric Vertical Takeoff and Landing हो, जसको अर्थ विद्युतीय उडान र अवतरण गर्ने वायुयान हो। यो एक प्रकारको आधुनिक उड्डयन प्रविधि हो, जसले विद्युतीय मोटर र ब्याट्रीको प्रयोग गरेर हेलिकप्टरजस्तै ठाडो उडान र अवतरण गर्न सक्छ। बोलीचालीमा हवाई ट्याक्सी पनि भनिन्छ ।

यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, र  ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) अटो शोमा सहभागी हुने छन् । १२५ भन्दा बढी प्रदर्शकहरू रहने शोमा ११ लाखभन्दा बढी आगन्तुकको अपेक्षा नाडाले गरेको छ। ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले उल्लेख गरेको छ ।

नाडाका अनुसार अटो शोमा  चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवाको लागि छुट्टाछुट्टै जोन विभाजन गरिने छ। खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने छ भने भने सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क तथा  महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क रहने छ । यसको अलवा आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्था हुने छन् ।

प्रमुख आकर्षणको रुपमा ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन अर्थात विन्टेज मोटर शो हुने छ । जसमा Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Toyota RT, Mercedes Benz, Toyota RT40, VW Bus, Toyota Corolla, Mazda Familia, र Toyota MR2 गाडी सहभागिउ हुने छन् ।

Made in Nepal Pavilion निर्माण गरिने र त्यसमा स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी हुने नाडाले जनाएको छ ।  अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलोको रुपमा International Business Pavilion रहने छ भने सेमिनार, कार्यशाला, अन्तरक्रिया पनि छ । एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा (Nepal Lube Oil Ltd. द्वारा प्रायोजित) दैनिक भाग्यशाली विजेता घोषणा पनि हुने छन् ।

नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैंलाई स्थापित गरिसकेको नाडाले जनाएको छ। १६ संस्करणहरूको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता, र लाखौं दर्शकहरूको विश्वासले नाडा अटो शो लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको नाडाका अध्यक्ष करण चौधरी बताउछन्।

नाडा अटो शोका साझेदार 

Title Sponsor: UNITREE (MAW Vriddhi) Co-Sponsor: Shikhar Insurance Company Ltd. Powered By: Campa Cola
Mobility Partner: Yango
Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)
Official Internet Partner: WorldLink
Surveillance Partner: CCTV Nepal
Fire Safety Partner: Himalayan Safety Solutions Pvt. Ltd.
Hospital Partner: Kist Hospital
Hospitality Partner: The Plaza
Door Prize: Nepal Lube Oil Limited (provide free lubricants in every service for one year for 12 lucky winners)
Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img