Tuesday, April 21, 2026
spot_img
spot_img

 नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ५० भन्दा बढी ब्रान्ड सहभागी हुने

spot_img
spot_img

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन द्वारा आयोजना हुन लागेको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को तयारी अन्तिम चरणमा पुगेको छ। यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ।

नाइमाका अनुसार १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था, र सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइँदैछ।

प्रदर्शनी केन्द्र निर्माणको कार्यमा व्यस्त मिडिया स्पेस सोलुसनस्का संस्थापक, श्रीजल भट्टराई भन्छन्, “यो पालीको एक्स्पोमा उपभोक्ताहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले नेपालमै पहिलो पटक डबल प्लाई सहितको अन्र्तराष्ट्रिय सत्रको संरचना निर्माण गर्दैछौं ।”

प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ । यसका साथै सधैंभरी पार्किङ्ग समस्याले सताउने प्रदर्शनी स्थलमा यस पटक भने पार्किङ्ग व्यवस्थाको लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डम गन्तव्य हुने राईडहरुमा ३० प्रतिशत सम्मको छुट व्यवस्था गरेको छ ।

यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा नाइमाको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...
spot_img