Thursday, July 9, 2026
spot_img

दीपल ‘एस–०७ आईसीए’ नेपालमा सार्वजनिक, ५ वर्षसम्म ग्राहकको एक रुपैयाँ पनि खर्च नहुने

spot_img

नेपालमा दीपल ईभीको आधिकारकि बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले दीपल एस–०७ लाई एलएफपी ब्याट्रीमा उपलब्ध गराएको हो । दीपलका ब्राण्ड एम्बासडर क्रिकेट संघका सचिव पारस खड्काले उक्त ईभी लन्च गरेका हुन् ।

यसअघि एनसीएम ब्याट्रीमा उपलब्ध रहेको एस–०७ एलएफपी ब्याट्री प्याकमा पनि नेपाल आएको हो । ६८.८ किलोवाट आवरको ब्याट्री प्याकमा आएको यस ईभीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

५ वर्षसम्म ‘जीरो ओनरशिप कस्ट’ स्किम
एस–०७ आईसीए सार्वजनिक गर्दै एमएडब्लू वृद्धि अटोकर्पले ५ वर्षसम्म ‘जीरो ओनरशिप कस्ट’ स्किम पनि ल्याएको छ । यस अफर अन्तर्गत उपभोक्ताले गाडी किनेको ५ वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन ।

अर्थात्, कम्पनीले नै यसमा ५ वर्षको अटोप्लस बीमा, ५ वर्षको सवारी साधनको वार्षिक कर, निःशुल्क सर्भिसिङ, निःशुल्क मेन्टिनेन्स गरिदिनेछ । यतिसम्म की, ५ वर्षसम्म चार्ज गर्दा लाग्ने विद्युत महशुल पनि कम्पनीले नै तिरिदिने छ ।

एन्डभान्स्ड सेफ्टी फिचर्सले भरिपूर्ण एस–०७ आईसीएको नेपाली बजारमा सुरुवाती मूल्य ७४.९९ लाख तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img