Tuesday, April 21, 2026
spot_img
spot_img

बिवाईडीको साथमा ‘सी कार’ सुरु: फाइनान्सिङ र बीमादेखि ‘सेकेन्ड ह्याण्ड’ गाडीको मूल्याङ्कनसम्म

spot_img
spot_img

काठमाडौँको गैह्रीधारामा अगाडी पट्टि बिवाईडीका गाडी राखिएको र भित्र भव्य संरचनासहित ‘अटोमोबाइल्स मार्केट’का रुपमा सञ्चालनमा आएको ‘सी कार’ कतिले देख्नु भएको छ ? झट्ट हेर्दा कुनै गाडीको शोरुम जस्तो मात्रै देखिने तर, भित्र छिरेपछि गाडीको बजारकै झल्को आउने यो सी कार साउन १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

शोरुम, ईभीको चार्जिङ स्टेशन, क्याफे, एसेसिरिज लगायतका सबै सुविधा एकै ठाउँमा उपलब्ध गराइरहेको सी कार ‘स्पार्क ग्रुप’को लगानीमा खुलेको हो । जहाँबाट अहिले बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जुनसुकै ब्राण्डका गाडीसँग बिवाईडीका गाडी सट्टा पट्टाको सुविधा दिएको छ ।

कसरी आयो ‘सी कार’को अवधारणा ?

काठमाडौँभित्र खुला गाउँ पाउन मुस्किल मात्रै छैन, असम्भव जस्तै पनि छ । यस्तो अवस्थामा एकै छानामुनि उपभोक्तालाई माथि उल्लेखित सुविधा दिन पनि जटिल नै छ । तर, कसरी एकै ठाउँबाट उपभोक्तालाई सबै खालका सेवा दिन सकिन्छ भनेर विभिन्न देशको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा खासगरी भारतमा परम्परागत अभ्यासभन्दा पृथक लाग्ने ‘अटोमोबाइल्स मार्केट प्लेस’को अवधारणा विकास हुँदै गएको पाइयो । त्यसपछि नेपालमा पनि स्पार्कले यसको सम्भावना पहिल्याउन बजारको अध्ययन गर्‍यो ।

‘हामीले भारतमा यस्तो मोडल धेरै पायौँ, त्यसपछि नेपालमा पनि कसरी काम गर्न सकिन्छ भनेर अध्ययन गर्दै जाँदा यसको अवधारणा बनेको हो’ ग्रुपका सीईओ राजेश श्रेष्ठ भन्छन्, ‘डिलर र डिस्ट्रिब्युटर्समार्फत ग्राहकसम्म पुग्ने परम्परागत अभ्यासभन्दा ओपन मार्केटमा जाने मोडल यो नै राम्रो हो भन्ने भएपछि हामी अघि बढेका हौँ । अहिले ग्लोबल ईभी लिडरका रुपमा रहेको बिवाईडीले सहकार्य गरिरहेको छ ।’

के के छन् अन्य सुविधा ?

४ रोपनी क्षेत्रफलमा फैलिएको सी कारभित्र प्रवेश गरेपछि जो कोहीले ‘बोरिङ फिलिङ’ गर्नुपर्दैन । किनकी, त्यहाँ विभिन्न कामले पुग्ने मान्छेले समय लाग्ने अवस्था आयो भने सुविधा सम्पन्न क्याफेमा बसेर विभिन्न स्वादपान गर्न पाउँछन् ।

मानौँ, अरु कामले होइन, गाडी चार्ज गर्नकै लागि मात्रै जाँदा पनि कम्तीमा आधा घण्टा समय लाग्छ नै । त्यस्तो समयमा पहिलो तलामा रहेको क्याफेमा बसेर आफ्ना अन्य काम गर्न पनि सकिन्छ । त्यसका पनि गजबको ‘स्पेस’ छ ।

 

गाडी किन्दा फाइनान्सिङ, इन्स्योरेन्स जस्ता सुविधा पनि एकै ठाउँबाट पाइन्छ । सी कारले फाइनान्सिङका लागि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हायर पर्चेज कम्पनीहरुसँग सहकार्य गर्छ । यसैगरी, बीमा दाबी गर्नुपर्‍यो भने आवश्यक कागजात जुटाउन पनि सी कारले सहयोग गर्छ ।

साथै, आफूले चढिरहेको गाडीको ब्लु बुक नवीकरण गर्न समय दिन सकिरहनु भएको छैन भने सी कारले नि:शुल्क ब्लुक बुक नवीकरण पनि गराइदिन्छ । सबै एसेसिरिज पाइने पसल पनि त्यहीँ उपलब्ध छ । ६ वटा फास्ट चार्जर जडान गरिएको छ ।

त्यसैगरी, उपर्युक्त मूल्यमा गाडीको किनबेच सुविधा पनि छ । तपाईले आफूले चढिरहेको गाडी बेच्नुपर्‍यो वा एक्सचेन्ज गर्नुपर्‍यो भने सी कारले नै गाडीको चेकजाँच गरेर ‘भ्यालुएशन’ गरिदिन्छ । यसका लागि गाडीको ‘वेभ साइड लिस्टिङ’देखि फिजिकल रुपमा आफैँले गाडी ल्याएर राख्ने अप्सन पनि छ । एकै ठाउँमा यी सुविधा उपलब्ध हुने सी कार पहिलो थलो हो ।

‘१०० वटा पक्ष जाँचेर सेकेन्ड ह्याण्ड गाडीको मूल्याङ्कन’

स्पार्कका सीईओ राजेशका अनुसार औपचारिक सुरुवात भएको केही दिनमै ‘सी कार’ले निकै उत्साहजनक प्रतिक्रिया पाएको छ । झन त्यसमाथि बिवाईडी जस्तो बलियो र विश्व बिख्यात ब्राण्डको समेत सहकार्यले अझ बल पुगेको छ ।

अझ, सेकेन्ड ह्याण्ड ईभीको खरिद बिक्री अन्योलपूर्ण अवस्थामा रहेका बेला ‘भेरिफाइड भेहिकल’ उपलब्ध गराउने लक्ष्यसहित सुरु भएको सी कार धेरैको नजरमा परेको छ । खासगरी, ईभीको ‘रि–सेल भ्यालू’ तय गर्ने वैज्ञानिक मापदण्ड नभइरहेको अवस्थामा सी कारले विभिन्न १०० वटा पक्ष जाँच गरेर गाडीको मूल्याङ्कन गरिदिने सुविधा ल्याएको छ ।

गाडीको मूल्याङ्कन गर्दा ब्याट्री, गाडी दौडेको दूरी, एक्सिडेन्ट हिस्ट्री, गाडी धनीको हिस्ट्री, मोटर पावरसहित ‘की पार्टस् पफर्मेन्स’ हेरेर एउटा सर्टिफिकेट नै ‘जेनेरेट’ गरिने राजेश बताउँछन् । यी सबै पक्षको जाँच विश्वब्यापी अभ्यासअनुसार गरिने र यसबाट गाडीको ‘फेयर भ्यालू’ निस्कने उनको भनाइ छ ।

‘यसरी हामीले तपाईको गाडीको भ्यालू यति हो भनेर एकदमै फेयर भ्यालूएशन पनि निकालिदिन्छौँ, र त्यसको सर्टिफिकेट पनि जेनेरेट गर्छौँ, ताकी त्यो गाडीको बिक्री तथा खरिदका लागि विश्वास कायम हुन सकोस्’ उनले भने ।

सेकेन्ड ह्याण्ड EV लाई प्रोत्साहन गर्ने लक्ष्य

राजेशका अनुसार अहिले ईभीमा सेकेन्ड ह्याण्ड गाडीको प्रयोगबारे उपभोक्तामा एक खालको अन्योल छ । गाडी चढिरहेकाहरुमा पनि बिक्री हुँदैन कि भन्ने त्रास छ । २ देखि ३ वर्षमै ईभी गाडीको मूल्य नयाँ किन्दाको तुलनामा ६० प्रतिशतसम्म घटाउँदा पनि बिक्री हुन नसकिरहेको अवस्थामा ‘भेरिफाइड सर्टिफिकेट’ दिएरै गाडी किनबेच गराउने लक्ष्य सी कारले लिएको छ ।

यसबाट बेच्नेले पनि उचित मूल्य पाउने र किन्नेले पनि बिना कुनै हिचकिचाहट गाडी किन्न सक्ने अवस्था बन्ने विश्वास लिइएको छ । ‘सेलर र बायरलाई जोड्ने र एजुकेट पनि गर्ने हाम्रो लक्ष्य हो’ राजेशले थपे, ‘सेकेन्ड ह्याण्ड ईभीप्रति विश्वास जगाउँदै एउटा इकोसिस्टम नै बनाउने र बेन्च मार्क सेट गर्ने अभियानमा छौँ ।’

अहिले ईभीको सेकेन्ड ह्याण्ड बजारमा मूल्य निर्धारण प्रक्रिया वैज्ञानिक नहुँदा रिकण्डिशन सेन्टरबाट ईभी बिक्री हुनै सकस छ । ‘हामीले बिक्रीकर्ताबाट ५० लाखमा गाडी किनेर त्यसमा एकदमै थोरै नाफा राखेर बेच्दा पनि सस्टेन हुन सकिन्छ’ उनले भने, ‘हामी यो अभियानमा छौँ । फेरि रिभ्यू पनि इन्डिपेन्डेन्ट छैन, यस्तो अवस्थामा कम्प्लिट इन्फर्मेशन दिएर उपभोक्तलाई विश्वास दिलाउने पनि हाम्रो अभियान हो ।’

सँगसँगै, भविष्यमा यो मोडललाई काठमाडौँ बाहिर पनि विस्तार गर्ने लक्ष्य रहेको छ । खासगरी, देशका मुख्य शहर र राजमार्गहरुमा यो मोडललाई फैलाउने लक्ष्य रहेको भन्दै राजेश भन्छन्, ‘ओपन मार्केट प्लेसमा जाने यो खालको मोडलको भविष्य निकै सुन्दर छ । आउने दिनमा उपभोक्ताले पनि यस प्रकारको मोडललाई माग गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

सी कारमा अहिले ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसमा अहिले सुरुवातमा बिवाईडीले सहकार्य गरिरहेको र अरु ब्राण्डहरु पनि जोडिन इच्छुक रहेको राजेश बताउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...
spot_img