Thursday, July 9, 2026
spot_img

नेपालमा एमजीको ‘IM6′ सार्वजनिक, मूल्य ७४.९९ लाख

spot_img

नेपालमा एमजी गाडीको अधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले एमजीको प्रीमियम एसयूभी ब्राण्ड ‘IM6’ गाडी सार्वजनिक गरेको छ । कम्पनीले आज सो गाडी सार्वजनिक गरेको हो ।

एमजी आईएम 6 अब सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङ्गका लागि उपलब्ध हुने छ। लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम 6 ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको कम्पनीले जनाएको छ।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने “हामी नेपालमा एमजी आईएम 6 सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं – यो गाडी SAIC को ‘इन्टेलिजेन्स इन मोसन’ को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो।”

गाडीका विशेषता

आईएम 6 (७५kWh) को प्रमुख विवरणहरू ४००V IGBT प्लेटफर्म
इभी रेञ्ज: ५०५ किमी (NEDC)
इभी रेञ्ज: ४५० किमी (WLTP)
७५kWh LFP ब्याट्री
उच्चतम गतिः २०० किमी/घन्टा
उच्चतम पावर: 109kW हरीकेन मोटर
उच्चतम टर्क : 450Nm
२० इन्च एयरोडाइनामिक व्हील्स (PIRELLI New Scorpion टायरसहित)
अल्ट्रा- सफ्ट सिंथेटिक लेदर सिट
भेन्टिलेटेड वायरलेस चार्जिङ्ग प्याड
आईएम 6 (७५kWh) को प्रमुख विवरणहरू ४००V IGBT प्लेटफर्म
इभी रेञ्ज: ५०५ किमी (NEDC)
इभी रेञ्ज: ४५० किमी (WLTP)
७५kWh LFP ब्याट्री
उच्चतम गतिः २०० किमी/घन्टा
उच्चतम पावर: 109kW हरीकेन मोटर
उच्चतम टर्क : 450Nm
२० इन्च एयरोडाइनामिक व्हील्स (PIRELLI New Scorpion टायरसहित)
अल्ट्रा- सफ्ट सिंथेटिक लेदर सिट
भेन्टिलेटेड वायरलेस चार्जिङ्ग प्याड

नेपालमा यस गाडीको मूल्य ७४.९९ लाख रुपैयाँ कायम गरिएको छ । पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सुनिल क्षेत्रीका अनुसार ‘IM by MG’ भनिने ‘आईएम ६’ ईभी आधुनिक फिचर्स, गजबको लुक्स र डिजाइनका साथै लक्जरीयस मोडल हो ।

साउन २१ देखि २५ गतेसम्म ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा)को आयोजनामा हुने ‘नाइमा मोबिलिटी एक्स्पो’ मा यो गाडी राखिने भएको छ ।

कम्पनीका अनुसार गाडीमा निम्न अनुसारको वान टच सुविधा पनि छ ।

IM6 ले एक टच सुविधाको साथ दैनिक ड्राइभिङमा विशेष स्तरको सहजता ल्याउँछ।
वान टच पार्क – ३६०° क्यामेराहरू प्रयोग गरेर एक व्यापमै आफैलाई पार्क गर्दछ ।
वान टच पुल आउट – साँघुरो ठाउँहरुबाट स्वचालित रूपमा र सुरक्षित तरिकाले बाहिर निस्कन्छ।
वान टच रिभर्स – फूल क्यामेरा सपोर्टको साथ पहिलेको बाटोमा फिर्ता जान मद्दत गर्छ ।
वान टच कर्बसाइड पार्किङ – टाइट कर्बसाइड स्पटहरूमा सहजै स्लाइड गर्दछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...
spot_img