Thursday, July 9, 2026
spot_img

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात विभागसँग नाडाको छलफल

spot_img

सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले यातायात व्यवस्था विभागसँग छलफल गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा विभागमा पुगेको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी विभागले ल्याउन लागेको उक्त निर्देशिकाका सम्बन्धमा छलफल गरेको हो ।

नाडाका अनुसार विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेशनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने प्रस्ताव, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन जस्ता विषयमा छलफल भएको छ ।

यस्तै, डुप्लिकेट सर्टिफिकेशन, डकुमेन्टेशन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा न्एक् अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको नाडाले जनाएको छ ।

छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राखेका छन् । उनले उक्त निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने पनि जनाएका छन् ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक नरहेको तर्फ अवगत गराउँदै तिनलाई व्यवहारिक बनाउनुपर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता औल्याएका छन् ।

विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताएका छन् ।

विभागसँग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडा अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले यसमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...
spot_img