Tuesday, April 21, 2026
spot_img
spot_img

बालेनले सवारी साधनलाई तोके ५ प्रकारका जरिवाना, बाटोमा फोहोर खसाले ५० हजार तिर्नुपर्ने

spot_img
spot_img

काठमाडौँ महानगरपालिकाले सवारी साधनले नियम विपरित काम गरेमा भारी जरिवाना लिने भएको छ । महानगरले नियम विपरीत काम गर्ने सवारी साधनलाई ५ शिर्षकमा जरिवाना तोकेको हो ।

महानगरले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा सवारी साधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको हो ।

महानगरले तोकेको जरिवानाः

१) जथाभावी पार्किङ गरेमा ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । तोकिएका स्थान बाहेकका स्थलमा पार्किङ गर्ने मोटरसाइकल, स्कुटरले १ हजार रुपैयाँ, कार, जीप, डेलिभरी भ्यान जस्ता चार पाङ्ग्रे सवारीले २ हजार ५ सय रुपैयाँ, मिनीबस, मिनीट्रक लगायत मझौला सवारी साधनले ३ हजार ५ सय रुपैयाँ र बस, ट्रक जस्ता ठूला सवारी साधनले ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

२) सार्वजनिक सवारीले बस बिसौनी वा तोकिएको स्थान बाहेक भन्दा फरक स्थानमा यात्रु ओराल्ने वा चढाउने गरेमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

३) सवारीसाधनले ध्वनी प्रदूषण गराएमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

४) सवारीसाधनले वायु प्रदूषण गराएमा १ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

५) सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरे÷गराएमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img