Tuesday, April 21, 2026
spot_img
spot_img

नेपाली बजारमा आजदेखि बिक्री सुरू हुँदै बिवाइडीको सिलायन–सेभेन

spot_img
spot_img

नेपाली बजारमा बिवाईडीको सिलायन–सेभेन आज औपचारिक रुपमा लन्च हुँदैछ । बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले नेपाली बजारमा बिवाइडीको दोस्रो एसयूभीको रूपमा सिलायन सेभेनको बिक्री सुरु गर्न लागेको हो ।

अहिलेसम्म ब्लाइन्ड बुकिङ चलिरहेको सिलायन सेभेनको आजबाट औपचारिक रुपमा बिक्री खुल्नेछ । नेपाल आएको सिलायन सेभेनमा ७१.८ किलोवाट आवरको ब्याट्री प्याक छ ।

कम्पनीका अनुसार सिलायन–सेभेनको लम्बाइ ४ हजार ८३० एमएम, चौडाइ १ हजार ९२५ एमएम, उचाइ १ हजार ६२० एमएम छ । यसमा २ हजार ९३० एमएम लामो ह्वीलबेस छ ।

सिलायन–सेभेनको प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ । परफर्मेसन भेरिएन्ट भने अल ह्विल ड्राइभ अप्सनमा आएको छ । जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।

सिलायन सेभेनको प्रिमियम भेरिएन्टले फुल चार्जमा ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । निकै आधुनिक विशेषतासहित आएको यस गाडीको मूल्य भने कम्पनीले गाडी लन्च गर्दा सार्वजनिक गर्नेछ ।

साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा बिवाईडीको सिलायन सेभेनमा आकर्षण बढ्ने देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img