Tuesday, April 21, 2026
spot_img
spot_img

नेपाल आउँदै Maxus MIFA 7, नाइमा एक्स्पोमा लन्च गर्ने तयारी

spot_img
spot_img

नेपाली बजारमा Maxus MIFA 7 विद्युतीय कार भित्रिने भएको छ । नाइमा मोबिलिटी एक्स्पोमा यो MPV (मल्टी–प्रपोज भेहिकल) सार्वजनिक हुन लागेको हो ।

७ सिट क्षमताको यस लक्जरी मोडललाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालयन मोट्रक्सले भित्र्याउन लागेको हो । हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो गाडी कम्पनीले साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोको अवसरमा लन्च गर्ने तयारी गरेको छ ।

७७ किलोवाट आवर र ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको Maxus MIFA 7 ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट जस्ता सुरक्षा फिचर्स छन् ।

यसले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार रेटिङ पाएको छ । रेन्ज, गाडी भित्रको स्पेश र सुरक्षाको उच्च स्तरले यसलाई नेपाली बाटो सुहाउँदो मोडलका रुपमा हेरिएको छ ।

यद्यपी, कम्पनीले अन्य विशेषता र मूल्यबारे औपचारिक लन्चकै बेला जानकारी गराउने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img